काठमाडौं । राष्ट्रिय सभाकी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले विदेशमा रहेका नेपालीका बारेमा दिएको अभिव्यक्तिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिकाले गम्भीर आपत्ति जनाएको छ ।
एनआरएनए अमेरिकाले विज्ञप्ति जारी गर्दै झाँक्रीको अभिव्यक्तिले विश्वभर छरिएर रहेका समस्त नेपालीको मानमर्दन गरेको ठहर गर्दै आपत्ति जनाएको हो ।
नेपालको नीति निर्माण गर्ने तहमा पुगेको व्यक्तिबाट यस्तो गैरजिम्मेवार भनाइ आउनु दुर्भाग्यपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।‘नेपालको विकास र समृद्धिको सहयात्रीका रूपमा रहेका गैरआवासीय नेपालीहरूका सन्दर्भमा राष्ट्रिय सभा सदस्यबाटै यस्तो आपत्तिजनक धारणा आउनुले हामीलाई दुःखी बनाएको छ’, प्रवक्ता सन्देश उप्रेतीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।
