भक्तपुर। नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र २ का प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वार महेश बस्नेतले बालबालिका एवं युवाहरुको विषय नितिगत रुपमा समाधन गर्न पहल गर्ने बताएका छन। भक्तपुरको राधे राधेमा महेश बस्नेतलाई भेट्न पुगेका युवा तथा बालबालिकाहरुको ज्ञापन पत्र बुझ्दै बस्नेतले यस्तो प्रतिबद्धता जनाएका हुन।
नेकपा एमालेको घोषणा पत्रमा बालबालिका एवं युवाहरुको विषयमा यथेष्ट कुराहरु समेट्न आग्रह गरेका छन । नेकपा एमालेले विगत लामो समयदेखी समाजका हरेक तह र तप्काको आवाज उठाउँदै आएको बताउँदै बालबालिकाको हक-हित र अधिकार सुनिश्चित गर्नका लागि आफ्ना निति र क्रियाकलापहरू गर्दै आएको बताउँदै सबैलाई निश्चिन्त हुन आग्रह गरेका हुन्। बस्नेतले युवा र बालबालिकाको मुद्दालाई पार्टीको घोषणापत्रमा समेत समेटिएको बताए।
युवा र बालबालिकाले बुझाएको ज्ञापनपत्रमा शिक्षा, रोजगारी, स्वास्थ्य र सुरक्षासम्बन्धी मागहरू समावेश रहेका छन। बस्नेतले यी मागहरूलाई गम्भीरतापूर्वक लिएको र पार्टीको नीति निर्माण प्रक्रियामा समावेश गरिने विश्वास दिलाए।