काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ। सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पक्षबाट मुद्दाको सुनुवाइ स्थगित गराइएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ १९ गते सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पदीय मर्यादाविपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।