काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । अदालतले उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई ‘हाजिर जमानी’मा रिहा गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले दुई दिन हिरासतमा बसेर छुटेका हुन् ।