काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्ज र भिडियो रेकर्डर बरामद भएको छ । चोरीमा मुख्य व्यक्ति जेनजी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार रहेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।