काठमाडौँ ।आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले पहिलो खेलमा टस हारेर बलिङको निम्तो पाएको छ।
मुम्बईको वाङ्खेडे रंगशालामा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपाल र इङ्ल्यान्डले पहिलो पटक टी-२० अन्तर्राष्ट्रियमा भेट गर्दैछन्।