काठमाडौं । साबिक विजेता बंगलादेशलाई ४-० ले पराजित गर्दै भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा भारतले चामत्कारिक खेल प्रदर्शन गर्दै उमेर समूहमा तेस्रोपल्ट उपाधि हात पारेको हो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्दै गोल अन्तर फराकिलो बनायो । यसअघि बंगलादेशले लिग चरणमा भुटानलाई १२-०, भारतलाई २-० र नेपाललाई ४-० ले हराएर ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।
भारतले भने नेपाललाई १-० र भुटानलाई ८-० ले हराएर ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।