काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा गोली लागेर सख्त घाइते भएका प्रकाश बोहरा ५ महिनापछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मंगलबार राष्ट्रिय ट्रमा सेन्टरबाट उनि डिस्चार्ज भएका हुन् ।
गत भदौ २३ गते नयाँ बानेश्वरस्थित संसद् भवनअघि भएको प्रदर्शनका क्रममा उनको देब्रे खुट्टामा गोली लागेको थियो । गोली लाग्दा नसामा गहिरो चोट पुगेपछि उनलाई लामो समय आईसीयुमा राखेर उपचार गर्नुपरेको थियो । पछिल्लो डेढ महिनामा भने स्वास्थ्यमा केही सुधार आएको र अहिले दुखाइ निकै कम भएको उनले बताए ।
बोहरा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आसन्न प्रतिनिधिनसभा निर्वाचनको समानुपातिक उम्मेदवारतर्फको बन्दसूचीमा चौथो नम्बरमा छन् । उनले अब आफू राजनीतिक यात्रामा सक्रिय हुने बताए । जेन-जी आन्दोलनका बेला बानेश्वरमा भेटिएको रगताम्मे जुत्ता उनै बोहोराको थियो ।