काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी मेन्स इलिट कप क्रिकेट प्रतियोगिता फागुन ८ देखि १९ गतेसम्म हुने भएको छ ।
क्यानले बुधबार खेलतालिका सार्वजनिक गरेको छ । जय ट्रफीमा गत वर्षको प्रधानमन्त्री कप क्रिकेटको शीर्ष चारमा रहेक नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ ।
