बैतडी । बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-४ बस्ने ३२ बर्षिया प्रकाश चन्द रहेको प्रहरीले जनाएको छ।
दशरथचन्द नगरपालिका-५ मा पर्ने क्रिकेट खेलमैदान तालिम सकेर गएराती ८:३० बजे घर फिर्कने समयमा खरकटे सल्लेरी भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
भिरमा उनी करिब २ सय देखी २ सय ५० मिटर तल खसेको प्रहरीले अनुमान गरेका छन्। उनको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखेको छ।