काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचनाअनुसार आज माघ २१ गते प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा छ ।
प्रदेश स्थापना दिवसलाई औपचारिकरूपमा विभिन्न कार्यक्रम गरी मनाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।