काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।
आयोगका अनुसार ६३ राजनीतिक दलबाट पेश भएका बन्दसूचीमा कुल ३ हजार १३५ जना उम्मेदवार कायम भएका छन्। अन्तिम सूचीमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका छन्।