काठमाडौँ । दैलेखको बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको आठबीस नगरपालिका वडा ८ का दीपेन्द्र बडुवाल घाइते भएका हुन । घाइते भएका बडुवाललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।
आफ्नै गाउँबाट तिलेपाटा जाँदै गरेका उनलाई बाटोमै बँदेलले आक्रमण गर्दा उनको हात र शरीरका धेरै स्थानमा घाउ देखिएको छ । आठबीस नगरपालिका उपप्रमुख कल्पना थापाले बडुवालको अवस्था गम्भीर भएकाले पालिकाको सहयोगमा थप उपचारका लागि सुर्खेत पठाएको बताइन् ।