काठमाडौँ । नेपालले साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ मा परेको नेपालले मार्च २३ मा भुटानविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा नेपाल, भुटान, आयोजक माल्दिभ्स र श्रीलंका छन् भने समूह ‘बी’ मा बंगलादेश, भारत र पाकिस्तान समेटिएका छन्।
नेपालले दोस्रो खेल मार्च २५ मा श्रीलंकासँग र तेस्रो खेल मार्च २७ मा घरेलु टोली माल्दिभ्ससँग खेल्ने तालिका छ। दुवै समूहबाट उत्कृष्ट दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल अप्रिल १ मा र फाइनल अप्रिल ३ मा आयोजना हुनेछ। यस प्रतियोगिताको तयारीका लागि नेपालले प्रारम्भिक चरणमै ८० जना खेलाडीलाई प्रशिक्षणमा बोलाइसकेको छ।साफ यू–२० च्याम्पियनसिपमा मार्च २३ नेपालले भुटानसँग खेल्ने
नेपालले साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘ए’ मा परेको नेपालले मार्च २३ मा भुटानविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा नेपाल, भुटान, आयोजक माल्दिभ्स र श्रीलंका छन् भने समूह ‘बी’ मा बंगलादेश, भारत र पाकिस्तान समेटिएका छन्।
नेपालले दोस्रो खेल मार्च २५ मा श्रीलंकासँग र तेस्रो खेल मार्च २७ मा घरेलु टोली माल्दिभ्ससँग खेल्ने तालिका छ। दुवै समूहबाट उत्कृष्ट दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल अप्रिल १ मा र फाइनल अप्रिल ३ मा आयोजना हुनेछ। यस प्रतियोगिताको तयारीका लागि नेपालले प्रारम्भिक चरणमै ८० जना खेलाडीलाई प्रशिक्षणमा बोलाइसकेको छ।