काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा-५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।
सादा पोसाकका प्रहरीले बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।