काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् । उनले आज पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गरेकी हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले यो ठाउँसम्म पुर्याएको बताइन् । पहिलोपटक संसद्लाई सम्बोधन गरेको बताउँदै उनले परिस्थितिले बाध्य भएर यो अवसर पाएको बताइन् ।
‘जीवनमा यस्तो मौका पनि आयो । परिस्थितिले ल्याएको हो । रहरले पनि होइन । मैले खोजेर गएको पनि होइन । परिस्थितिले बाध्य बनायो । म आएँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘र अहिले यो जुन अवसर मैले यहाँ पाएँ, सायद जीवनमा फेरि पाउन कठिन छ होला । मैले पाउने आशा गरेको पनि छैन ।’
आज पहिलोपटक यस्तो अनुभव गर्न पाएकोमा खुसी लागेको उनले बताइन् ।