काठमाडौं । माघ २० गते मंगलबार देखि फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले २० माघ मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको जानकारी दिएका छन् ।
लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा पनि हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको उनले बताए । त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू भागका एक दुई ठाउँमा छिटपुट देखि हल्का खालको पानी पर्ने सम्भावना रहेको छ ।