कञ्चनपुर । कञ्चनपुरमा एक युवतीको शव फेला परेको छ। भीमदत्त नगरपालिका– १० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा युवतीको शव भेटिएको हो।
अर्धनग्न अवस्थामा वनभित्रको खोजा नजिक २५ वर्षमुनिकी युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कार्यालय प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार मृत फेला परेकी युवतीको सनाखत हुन सकेको छैन।
युवतीको शरीरमा चोटपटक देखिएकोले घटना शंकास्पद रहेको बताईएको छ । प्रहरी उपरीक्षक खत्रीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।