काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ । आज आइतबार ट्याक्टर व्यवसायीद्वारा नगरपालिकाको मूल गेट सहित थप दुई गेटमा ताला लगाइएको बताएको छ । नगरपालिका ढुङ्गा गिट्टी बालुवा लगायतका सामाग्री उत्खनन खोल्न पर्ने भए पनि नगरपालिकाले त्यसो नगर्दा आफूहरूले ताला लगाएको घोडाघोडी ट्याक्टर व्यवसायी रेवन्त खड्काले बताएका छन् ।
उनले भने आफूहरूले लामो समयदेखि खोला नाला खोल्नका लागि आग्रह गर्दा समेत नगरपालिकाले नखोल्दा आफूहरू ताला लगाउन बाध्य भएको खड्काले बताएका छन्। नगरपालिकाले खोलानाला नखोल्दा ट्याक्टर व्यावसायी समस्यामा परेको बताएका छन । आफूहरूले खोलानाला खोल्नका लागि आग्रह गर्दा नगरप्रमुखले खोलानाला खोल्न समय लाग्ने बताउँदै आएका त आज सम्म नखोल्दा आफूहरूले नगरप्रमुख सहित कर्मचारीलाई समेत हुलेको बताएका छन् ।