काठमाडौँ । बर्दियामा एक सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको छ । शनिबार बिहान जिल्लाको राजापुर नगरपालिका–४ स्थित डाँफे सामुदायिक वनमा चितुवा मृत फेला परेको छ ।
मृत्यु भएको चितुवा वयस्क पोथी रहेको सव डिभिजन वन कार्यालय राजापुरले जनाएको छ । सब डिभिजन वन कार्यालय, राजापुरका फरेष्टर उदयलाल चौधरीले चितुवा कसरी मरेको भन्ने थाहा नभएको बताएका छन्। पोस्टमार्टम रिपोर्टपछि मात्रै थप जानकारी आउने फरेष्टर उदयलाल चौधरीले बताएका छन् ।
चालु आर्थिक वर्षयता चितुवाको आक्रमणमा परी ६ जनाको ज्यान गएको छ । सोही अवधिमा १र१ जनाले बाघ र हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छन् । वन्यजन्तुको आक्रमणमा परी ६ जना गम्भीर र ५ जना सामान्य घाइते भएका छन् ।