काठमाडौँ । खराब मौसमका कारण आज चितवनको भरतपुर विमानस्थल बन्द भएको छ । डानका लागि भिजिविलिटी नपुगेपछि आजका सबै उडान रद्द गरिएको बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए ।
न्यूनतम भिजिविलिटी ५ हजार मिटर आवश्यक हुनपर्ने भएपनि आज २ हजार ५ सय मात्रै पुगेको थियो । भरतपुर विमानस्थलबाट हाल बुद्ध एयरको दैनिक ७ वटा उडान हुँदै आइरहेको थिए । एटीआर ७२ र ४२ विमानले काठमाडौं र पोखरा उडान भर्दै आइरहेको छ ।