काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सम्मेलन आगामी १६ र १७ अप्रिलमा काठमाडौंमा हुने जानकारी दिएको हो । सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, प्रशासक तथा प्रमुख सरोकारवालाहरू सहभागी हुनेछन् ।
