काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी अभियानमा सहभागी एक व्यक्ति अछाममा बेहोस भएका छन्। जिल्ला सदरमुकाम मंगलसेनमा नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बिहान अचानक बेहोस भएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार गाडीबाट उत्रिने बित्तिकै सिटौला बेहोस भएर ढलेका थिए।
सिटौलालाई सुरुमा जिल्ला अस्पताल अछाममा उपचारका लागि लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि सेनाको हेलिकोप्टरमार्फत भएपछि काठमाडौं ल्याइएको छ । सिटौला काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा सहभागी हुँदै सुदूरपश्चिम पुगेका थिए। बालेनले सुदूरपश्चिमका सबै जिल्लामा चुनावी अभियान सम्पन्न गरिसकेका छन् भने अब उनी कर्णाली केन्द्रित हुनेछन् ।