काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन्।
दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान करिब ३:१० बजे ‘घुमाउने’ भन्ने स्थानमा अनियन्त्रित भई सडकमा पल्टिएको हो।
दुर्घटनापछि प्रहरीले घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाएको जनाएको छ। मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जनाको उपचार भइरहेको छ।
बस पल्टिएपछि केही समय अवरुद्ध भएको सडक हाल सञ्चालनमा आएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।