काठमाडौँ । जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न निर्देशन दिएको छ ।
माघ ४ गतेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता लागू भईसकेकाले मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्वयन गराउन निर्देशन दिएको हो ।
आचारसंहिता कार्यान्वयनमा गरिएका कार्यको नियमितरुपमा मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।