जनकपुर । मधेश प्रदेश सरकारले माघ १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएका हुन्।
विज्ञप्तिमा १६ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ १८ गते सार्वजनिक बिदा दिइने उल्लेख गरिएको छ। दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने समुदायको सम्मानस्वरूप बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ।
उक्त दिन मधेश प्रदेशभर सार्वजनिक बिदा लागू हुने विज्ञप्तिमा उल्लेख छ।
