विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बोलाउने गरी सिफारिस गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।