काठमाडौँ । अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल (सफल) रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार सफल बुधबार साँझ हाजिर जमानीमा छुटेका हुन्।
प्रहरीका अनुसार सफलमाथि महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित गरी नकारात्मक, अपशब्द, गालीगलौज र बेइज्जतीपूर्ण सामग्री सार्वजनिक गरेको आरोप लागेको थियो। साथै विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता गराउने गरिएको भन्ने अभिव्यक्ति दिएका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते कारबाहीका लागि प्रहरी परिसरमा पत्राचार गरेपछि प्रहरीले माघ १३ गते सफललाई पक्राउ गरेको थियो। घटनासम्बन्धी अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।