काठमाडौँ । दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ।
काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगो नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकाका दमकल प्रयोग गरिएको छ। घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीहरू पनि खटिएका छन्।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। आगो नियन्त्रणको प्रयास जारी रहेको र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।