काठमाडौँ । आज मध्यान्हपछि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि हुस्सु/कुहिरो देखिएको छ।
महाशाखाले मध्यान्हपछि मौसम खुल्दै जाने र त्यससँगै तापक्रम पनि क्रमशः बढ्ने अनुमान गरेको छ। कुहिरोका कारण बिहानको समयमा हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।