काठमाडौँ । बाँके क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनारसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका सुनारविरुद्ध परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको जनाएको छ। उजुरीमा उनले गाईसम्बन्धी अभिव्यक्ति दिँदै साम्प्रदायिक विद्वेष फैलाउने प्रयास गरेको आरोप लगाइएको छ।
निर्वाचन आयोगले सुनारलाई तीन दिनभित्र आफ्नो पक्ष स्पष्ट पार्न लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।