काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको छैटौँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रसिंहले दुई स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएका हुन् ।
उनि यसअघि आठौँ स्थानमा थिए । नेपालले कुनै अन्तर्राष्ट्रिय खेल नखेलेपनि अन्य खेलाडीको वरीयता खस्किएका कारण दीपेन्द्रसिंहलाई सुधारको मौका मिलेको हो । अलराउन्डर विश्व वरीयताको शीर्षस्थानमा जिम्बाबेका सिकन्दर राजा, दोस्रोमा पाकिस्तानका सायम अयुब, तेस्रोमा भारतका हार्दिक पाण्डेय, चौथोमा वेस्ट इन्डिजका रस्टन चेज र पाँचौँ स्थानमा पाकिस्तानका मोहम्मद नवाज छन् ।