काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की बिहान करिब साढे १० बजे शीतलनिवास पुगेकी थिइन्।
दुवैबीच करिब आधा घण्टा छलफल भएको राष्ट्रपति कार्यालयका सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको हो।
स्रोतका अनुसार भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे तथा आगामी निर्वाचनसम्बन्धी विषयमा छलफल भएको बताइएको छ।