काठमाडौं । आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले हाल पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षा भइरहेको जनाएको छ। वर्षासँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा चिसो बढेको छ।
मौसमविद्हरूका अनुसार आगामी केही समय यस्तै मौसम रहने सम्भावना रहेको छ। वर्षाका कारण बिहान–बेलुकी चिसो अझ बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।