काठमाडौँ । नेपालकी कराँते स्टार एरिका गुरुङले डब्लूकेएफ कराँते वान प्रिमियर लिगमा रजत पदक जित्नेकी छन् । टर्कीको इस्तानबुलमा आइतबार राति भएको प्रतियोगितामा एरिकाले ६८ केजी तौल समूहको महिला कुमितेमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी हुन् । फाइनलमा एरिका कजकिस्तानकी सोफिया बेरुल्त्सेभासँग ४–२ ले पराजित भइन् ।
बेरुल्त्सेभा विश्व च्याम्पियनसिपकी उपविजेता तथा महादेशीय च्याम्पियन खेलाडी हुन् । एरिकाले गत वर्ष मोरोक्कोमा भएको प्रतियोगितामा काँस्य पदक जितेकी थिएन् ।