काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङमा माटोको ढिस्कोले पुरिएका दुई जनाको नेपाली सेनाले उद्धार गरेको छ।
घरमा प्लास्टर गर्ने क्रममा अचानक माटो खसेपछि दुई पुरुष पुरिएका थिए। घटनापछि नेपाली सेनाको गजुरीस्थित भैरव दल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गरी उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएका दुवै जनाको अवस्था सामान्य रहेको र मलेखुमा उपचार गरिएको जनाइएको छ।