बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह सोमबार बर्दिया हुँदै सुदूरपश्चिमतर्फ जाने भएका छन्।
रास्वपा बर्दियाका सचिव दीपक बीसीका अनुसार बालेन शाह सोमबार दिउँसो करिब साढे १ बजे गुलरिया बजारस्थित राधाकृष्ण चोकमा पुग्ने कार्यक्रम छ। उनी नेपालगन्ज हुँदै बर्दिया प्रवेश गरी सुदूरपश्चिमतर्फ जाने क्रममा उक्त स्थानमा केही समय रोकिने जनाइएको छ।
सचिव बीसीका अनुसार बालेन शाहको बर्दियामा औपचारिक भेटघाट कार्यक्रम तय गरिएको छैन। सुदूरपश्चिमतर्फ जाने क्रममा यही मार्ग प्रयोग गर्न लागेकाले चोकमा छोटो समयका लागि रोकिने जानकारी उनले दिए।
बालेन शाह बर्दियाको बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै कैलालीतर्फ जाने कार्यक्रम रहेको जनाइएको छ।