काठमाडौँ । निवाएचन आयोग नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेभित्र राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् ।
रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । त्यसमध्ये कोशी प्रदेशको १ पद निर्विरोध भैसकेको छ ।
राष्ट्रिय सभा सभा सदस्य निर्वाचनको मतदान ३ बजेसम्म चलने र त्यसपछिको २ घण्टा अर्थात ५ बजेभित्र नतिजा आइसक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ । उनका अनुसार सबै प्रदेशमा शान्तिपूर्ण मतदान भइरहेको छ ।