रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा आइतबार बिहान बोइलर कुखुरा बोकेको जिप दुर्घटनामा परेको छ।
सल्यानबाट रुकुम पूर्वको खाबाङ बगरतर्फ आउँदै गरेको लु३च ७०३६ नम्बरको जिप भूमे गाउँपालिका–४ स्थित धौदापहिरामा दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय काँक्रीका प्रहरी निरीक्षक हिमराज बिकका अनुसार जिप सडकबाट करिब २० मिटर तल खसेको छ। सडकमा जमेको तुसारोका कारण चिप्लिएर जिप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जिप सडकमा अड्किएकाले पन्छाउने कार्य भइरहेको प्रहरी निरीक्षक बिकले जानकारी दिए।
दुर्घटनामा जिपमा रहेका सबै कुखुरा मरेका छन् भने मानवीय क्षति भने भएको छैन।