काठमाडौं । खोटाङमा निर्वाचन प्रहरी भर्नाका लागि पुनः म्याद थप गरिएको छ ।
माग गरेको संख्या अपुग भएपछि निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिले निर्वाचन प्रहरी भर्नाका लागि दोस्रोपल्ट म्याद थप गरेको हो ।
निर्वाचन प्रहरी भर्नाका लागि १० र ११ माघसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
