रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ। गौर–पिपरा सडकखण्ड अन्तर्गत राजदेवी नगरपालिका क्षेत्रको पथरामा भएको दुर्घटनामा उनीहरूको ज्यान गएको हो।
प्रदेश ०२–०३–०१८ प २३४६ नम्बरको मोटरसाइकल र भारतको बीआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्गाभगवती गाउँपालिकाका अशोक महतो र राजदेवी नगरपालिका–२ का अरविन्द महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।