काठमाडौं । चार जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बिहीबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, (द्वितीय श्रेणी) अन्तर्गत एक जना, नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, (द्वितीय श्रेणी)अन्तर्गत दुई जना र नेपाल कृषि सेवा, कृषि प्रसार समूह, ( द्वितीय श्रेणी) अन्तर्गत एक जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो ।
