धनुषा – आगामी निर्वाचनमा धनुषा क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएका चर्चित पत्रकार दिवाकर साहले चुनावी प्रचार सुरु गरेका छन्। तर उनका प्रचारका शैलीले चर्चा मात्र होइन, बहस पनि जन्माएको छ।
साहले मतदातासँग भोटभन्दा चुनावी खर्चका लागि सहयोग रकम मागिरहेको भिडियो आफ्नै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। उक्त भिडियोमा उनले प्रत्यक्ष रूपमा आर्थिक सहयोगको अपिल गरेको देखिन्छ, जसले उनको अभियानलाई फरक ढंगले प्रस्तुत गरेको छ र सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन्।