झापा I नेकपा (एमाले) युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष बिजय तामाङले आफ्नो पद र पार्टी सदस्यता परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
उनीहरूले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा सक्रिय साथ दिने निर्णय गरेका हुन्।
खतिवडाले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने र वैकल्पिक तथा परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न प्रतिबद्ध हुने उल्लेख गरेका छन्। उनको यो कदमले झापामा आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण र बहसलाई बल दिन सक्ने अपेक्षा गरिएको छ।