झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा मतदातासँग प्रत्यक्ष भेटघाट सुरु गरेका छन्। मंगलबार झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएका बालेनले बुधबारदेखि नै चुनावी गतिविधिलाई तीव्र बनाउँदै स्थानीय मतदातासँग संवाद थालेका हुन्।
चुनावी प्रचारलाई व्यवस्थित बनाउन बालेनले दमकमा घर भाडामा लिएर बसोबास सुरु गरेका छन्। दमक–५ मा स्थापना गरिएको सम्पर्क कार्यालयमा उनले स्थानीय बासिन्दासँग छलफल गर्दै क्षेत्रका समस्या, अपेक्षा र चुनावी एजेन्डाबारे कुराकानी गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन शाह झापा–५ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा छन्। यस कारण झापा–५ को चुनावलाई देशभर चासोका साथ हेरिएको छ।
स्थानीय मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बालेनको टोलीले आगामी दिनमा घरदैलो र थप भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


-1768973788.jpeg)
-1768973786.jpeg)


-1768973785.jpeg)