काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई सवारीसाधन र अन्य आवश्यक चुनावी सामग्री सहयोग गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा आयोजित समारोहबिच नेपालका लागि भारतीय दूतावासका कार्यबाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई ६० वटा पिकअप गाडीहरू हस्तान्तरण गरे ।
गृहमन्त्री अर्यालद्वारा धन्यवाद व्यक्त सवारीसाधन र सामग्री ग्रहण गर्दै गृहमन्त्री ओम प्रकाश अर्यालले भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गरे। उनले भारत र नेपालबीचको सम्बन्ध गहिरो र व्यापक रहेको चर्चा गर्दै यस सहयोगले निर्वाचनको तयारी र व्यवस्थापनमा महत्त्वपूर्ण मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल सरकारको अनुरोधमा भारतले आसन्न निर्वाचनका लागि कुल ६५० वटा सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । मंगलबार हस्तान्तरण गरिएका गाडीहरू पहिलो चरणका हुन् भने बाँकी सवारीसाधनहरू आगामी केही हप्ताभित्र विभिन्न चरणमा उपलब्ध गराइने भारतीय दूतावासले जनाएको छ ।