काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दर्ता उम्मेदवारहरूको अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको भन्दै अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने जानकारी दिए ।
