भरतपुर । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गरेका छन्। सहकारीसम्बन्धी मुद्दाका कारण उनी वीरगञ्जमा भएकाले समयमै चितवन पुग्न नसकेपछि वारेस राखेर उम्मेदवारी दर्ता गरिएको हो।
रास्वपा चितवनका अध्यक्ष कृष्णप्रसाद भुषालका अनुसार महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिइएको थियो र उनैले उम्मेदवारी दर्ता गराइन्। लामिछाने वीरगञ्जको काम सकेर चितवन फर्किने तयारीमा भए पनि समय नपुग्दा प्रत्यक्ष उपस्थित हुन सकेनन्।
योसँगै रवि लामिछाने तेस्रोपटक चितवन–२ बाट उम्मेदवार बनेका छन्।
यसअघि काँग्रेस सभापती गगन थापाले पनि वारेसमार्फत नै उम्मेदवारी दर्ता गराउने निर्णय गरेका थिए।