काठमाडौँ । नेपाली कांग्रेसको आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको अन्तिम चरणमा छ। यसैविच सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा काठमाडौंस्थित अरन्या बुटिक होलको १०३ नम्बर कोठामा बसेर छलफल गरिरहेका छन्।
सूत्रका अनुसार, यस बैठकमा पार्टीका वरिष्ठ नेता तथा क्षेत्रीय प्रतिनिधिहरूसँग समन्वय गरी अन्तिम निर्णय गरिनेछ। कांग्रेसभित्र टिकट बाँडफाँड र क्षेत्रीय समीकरणलाई लिएर पछिल्लो समय चलिरहेको रणनीतिक छलफल यही कोठाबाट निर्णायक मोडमा पुग्ने आंकलन गरिएको छ। पार्टीसम्बद्ध स्रोतले दिएको जानकारी अनुसार बैठकले बाँकी रहेका निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाउने छ।