झापा । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एमालेका कार्यकर्ताबीच झडप भएको छ।
स्थानीय स्रोतका अनुसार झडप तब सुरु भएको थियो जब रास्वपा कार्यकर्ताहरूले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे।
झापा–५ बाट उम्मेदवारी दिने रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालय पुगेको बेला उनीहरूले ओलीविरुद्ध नाराबाजी गरेका थिए। यसै क्रममा दुई दलका कार्यकर्ताबीच तनावपूर्ण स्थिति सिर्जना भएको र झडपमा परिणत भएको जनाइएको छ।
स्थानीय प्रहरीको नियन्त्रणमा हाल स्थिति सामान्य रहेको छ, तर यस घटनाले आगामी निर्वाचनअघि राजनीतिक तनाव बढाएको विश्लेषकहरूले टिप्पणी गरेका छन्।